Rule 23
प्रमाणीकरण गर्ने निकायको अन्य काम, कर्तव्य र अधिकार
ऐनको दफा १७ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त प्रमाणीकरण गर्ने निकायको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः-
(क) प्रमाणपत्र जारी गर्ने कार्यविधि निर्धारण गर्ने,
(ख) प्रमाणपत्र निलम्बन वा रद्द गर्दा अपनाउनु पर्ने कार्यविधि निर्धारण गर्ने,
(ग) प्रमाणपत्र निलम्बन भएकोमा सो को फुकुवा गर्ने कार्यविधि निर्धारण गर्ने,
(घ) जारी गरेका प्रमाणपत्र बमोजिम काम गरे नगरेको सम्बन्धमा आवश्यक अनुगमन गर्ने ।